अन्यत्र टीका लगाउन जानेको चहलपहल बढ्यो, बाक्लिए काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन हिजो शनिवार घरमा मान्यजनको हातबाट टीका ग्रहण गरेपछि आज पनि जारी छ । आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको हो । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य सडकहरूमा दशैंको टीका खुलेसँगै चहलपहल बढेको हो । दशैंको टीकाको दिन आज […]

Oct 13, 2024 - 01:49
 0
अन्यत्र टीका लगाउन जानेको चहलपहल बढ्यो, बाक्लिए काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन हिजो शनिवार घरमा मान्यजनको हातबाट टीका ग्रहण गरेपछि आज पनि जारी छ ।
आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको हो ।

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य सडकहरूमा दशैंको टीका खुलेसँगै चहलपहल बढेको हो । दशैंको टीकाको दिन आज आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन आवतजावतको क्रम शुरू भएको हो ।

टीका लगाउने क्रम बढेसँगै महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौंमा दशमीका दिन सर्वसाधारणको आवतजावत बाक्लो भएको छ ।

सडकमा सार्वजनिक सवारी साधनहरू न्यून मात्रमा चलेका छन् भने निजी सवारीको चाप बढी देखिन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा सर्वसाधारणको चहलपहलसँगै दुईपाङ्ग्रे सवारी र चारपाङ्ग्रे सवारीको चाप बढ्न थालेको छ ।

ट्राफिक व्यवस्थापनमा समस्या नभएको र कुनै प्रकारको अप्रिय दुर्घटना नभएको प्रहरी नायब उपरीक्षक एवं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रबिन कार्कीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register