सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । यसअघि बागमती प्रदेशले प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो । त्यहाँबाट तीनजना बाहिरिएका छन् । प्रारम्भिक टोलीमा रहेका […]

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ ।
बागमती प्रदेश क्रिकेट संघले बिहीबार नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । यसअघि बागमती प्रदेशले प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो । त्यहाँबाट तीनजना बाहिरिएका छन् ।
प्रारम्भिक टोलीमा रहेका रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डल बाहिरिएका हुन् ।
जय ट्रफी नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका शीर्ष चार टोलीले भाग दिनेछन् । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश रहेका छन् ।
सिङ्गल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।
उद्घाटन खेलमा बागमतीले मधेशको सामना गर्नेछ ।
यस्तो छ बागमती प्रदेशको टोली :
What's Your Reaction?






