अमेरिकामा फर्निचर कम्पनीमा विमान ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एपी न्युजकाअनुसार दक्षिणी क्यालिफोर्नियामा २०० जना काम गरिरहेको फर्निचर निर्माण भवनको छतबाट बिहीबार एउटा सानो विमान दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् । मृत्यु हुनेहरू विमानमा थिए भने घाइतेहरू भवनभित्रै रहेको अनुमान गरिएको छ । फुलर्टन प्रहरी विभागले […]

Jan 3, 2025 - 06:20
 0
अमेरिकामा फर्निचर कम्पनीमा विमान ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एपी न्युजकाअनुसार दक्षिणी क्यालिफोर्नियामा २०० जना काम गरिरहेको फर्निचर निर्माण भवनको छतबाट बिहीबार एउटा सानो विमान दुर्घटना भएको हो ।

दुर्घटनामा १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरू विमानमा थिए भने घाइतेहरू भवनभित्रै रहेको अनुमान गरिएको छ ।

फुलर्टन प्रहरी विभागले आफन्तलाई सम्पर्क गरेपछि मृतकहरूको पहिचान गरिने जनाएको छ ।

११ जनालाई अस्पताल लगिएको छ, जबकि आठ जनालाई घटनास्थलबाटै उपचार गरिएको प्रहरीले जनाएको छ ।

डिज्नील्याण्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले जनाएको छ ।

सडक पार गर्ने पाङ्ग्रा निर्माता कम्पनी रुसी फोर्जेडको सुरक्षा क्यामेराको फुटेजले भवनमा परेपछि विमानबाट वाँको कालो मुस्लो निस्किएको थियो ।

अग्नी नियन्त्रक र प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएर वरपरका व्यवसायहरू खाली गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register