बुमराहको अशोभनीय हर्कत, नन स्ट्राइकर कोन्स्टाससँग भनाभन

काठमाडौं । सिड्नीमा जारी पाँचौं टेस्ट क्रिकेटमा भारतले घरेलु टोली अष्ट्रेलियासामु पहिलो इनिङ्समा १८५ रन बनाएको छ । भारतले ७२.२ ओभरमा अलआउट हुँदै १८५ रन बनायो । त्यसपछि ब्याटिङ गर्न आएका अष्ट्रेलियाका ओपनर साम कोन्स्टास र भारतका कप्तान जसप्रित बुमराहबीच केही भनाभन भएको छ । कोन्स्टासले पहिलो बलमै चौका प्रहार गर्दै बुमराहविरुद्ध गतिलो सुरुवात गरेका […]

Jan 3, 2025 - 08:32
 0
बुमराहको अशोभनीय हर्कत, नन स्ट्राइकर कोन्स्टाससँग भनाभन

काठमाडौं । सिड्नीमा जारी पाँचौं टेस्ट क्रिकेटमा भारतले घरेलु टोली अष्ट्रेलियासामु पहिलो इनिङ्समा १८५ रन बनाएको छ ।

भारतले ७२.२ ओभरमा अलआउट हुँदै १८५ रन बनायो ।

त्यसपछि ब्याटिङ गर्न आएका अष्ट्रेलियाका ओपनर साम कोन्स्टास र भारतका कप्तान जसप्रित बुमराहबीच केही भनाभन भएको छ ।

कोन्स्टासले पहिलो बलमै चौका प्रहार गर्दै बुमराहविरुद्ध गतिलो सुरुवात गरेका थिए । यसअघि चौथो टेस्टमा उनले अर्धशतक प्रहार गरेका थिए ।

सोहीकारण सिड्नी टेस्टमा पनि फ्यानले यी दुईबीच भिडन्त हुने अपेक्षा गरेका थिए ।

कोस्टासले इनिङ्सको पहिलो बलमा बुमराहलाई चौका प्रहार गरे । तर, त्यसपछि बुमराहले उनलाई लामो शट खेल्ने मौका दिएनन् ।

अस्ट्रेलियाको इनिङ्सको तेस्रो ओभरमा बुमराह र कोन्स्टासबीच भनाभन भएको छ ।

यसपटक झगडा मौखिक भएको छ ।

ओभरको चौथो बलमा उस्मान ख्वाजा स्ट्राइकमा थिए ।

उनले बल सामना गर्न तयारी गर्न समय लिइरहेका थिए । बुमराहलाई त्यो मन परेन ।

उनले केही भनेपछि कोन्स्टासले नन स्ट्राइकर एन्डबाट जवाफ दिन थाले ।

यसपछि वातावरण तात्यो र दुबै खेलाडी एकअर्कातर्फ अघि बढे । जसमा बुमराह निकै आक्रामक देखिएका थिए । अम्पायरले हस्तक्षेप गरेपछि खेल सुरु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register