भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, सरकारले भन्यो– नेपालमा कुनै क्षति भएन

काठमाडौं । मंगलबार बिहान गएको भूकम्पबाट चीनमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । साथै भूकम्पबाट केही घरमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान शक्तिशाली भूकम्प गएको थियो । तिब्बतकाे दिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । […]

Jan 7, 2025 - 05:32
 0
भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, सरकारले भन्यो– नेपालमा कुनै क्षति भएन

काठमाडौं । मंगलबार बिहान गएको भूकम्पबाट चीनमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

साथै भूकम्पबाट केही घरमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनको तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान शक्तिशाली भूकम्प गएको थियो ।

तिब्बतकाे दिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । याे क्षेत्र पूर्वी हिमाली जिल्लाहरू दाेलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङनजिकै पर्छ ।

यद्यपि, यसको नेपाल आइपुग्दाको शक्ति भने ५.३ म्याग्निच्युडको मात्र रहेको पाइएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो ।

साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि भूकम्पको झड्का राम्रैगरी महसुस भएको थियो ।

काठमाडौंमा केही समयसम्म भूकम्पको कम्पन रहेको थियो । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किए भने चराहरू उडेका थिए ।

साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको महसुस भारत, भुटान र बंगलादेशमा पनि भएको थियो ।

भूकम्पबाट नेपालमा भने कुनै मानवीय र अन्य क्षति नभएको सरकारले जनाएको छ ।

पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । यही पुस १९ गते मुगु र मनाङमा भूकम्प गएको थियो ।

भूकम्पबाट चीनमा नौ जनाको मृत्यु, नेपालमा भएन कुनै क्षति

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register