त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा स्थगित भएको छ। सोमबार निर्वाचन अधिकृत डा. अंगरमणी गौतमले एक सूचना जारी गर्दे चैत ५ गतेका लागि तय भएको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्। निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूमा निराशा छाएको छ। लामो समयपछि हुन लागेको निर्वाचनमा […]

Mar 17, 2025 - 15:59
 0
त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन  स्थगित

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा स्थगित भएको छ।

सोमबार निर्वाचन अधिकृत डा. अंगरमणी गौतमले एक सूचना जारी गर्दे चैत ५ गतेका लागि तय भएको निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूमा निराशा छाएको छ। लामो समयपछि हुन लागेको निर्वाचनमा सहभागी हुन विद्यार्थीहरू उत्साहित थिए। तर, निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूले विभिन्न प्रतिक्रिया दिएका छन्।

नेविसङ्घका केन्द्रीय सदस्य बिनोद देउवा ठकुरीले निर्वाचन स्थगित भएपछि भने, “१६ वर्षपछि हुन लागेको निर्वाचनलाई ‘ईगो’ को लडाइँ बनाउनेहरूलाई बधाई छ। क्षणिक खुसीले विद्यार्थीको भविष्यलाई असर पार्छ।” उनले निर्वाचनको नयाँ मिति तत्काल तोकिनुपर्ने माग गरे।

निर्वाचन स्थगित हुनुको कारण आधिकारिक रूपमा खुलाइएको छैन। तर, विद्यार्थी सङ्घठनहरूबीचको विवादका कारण निर्वाचन स्थगित भएको हुन सक्ने अनुमान गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register