नेपाली जनतालाई रैती बनाउने अभियान सफल हुन दिँदैनौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजसंस्था समर्थितहरूले जनतालाई रैती बनाउन कोसिस गरिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । राजधानीमा बाम विश्लेषक श्याम श्रेष्ठको पुस्तक विमोचन गर्दै उनले संविधानले सार्वभौमसत्ता जनतामा सुम्पिएको भन्दै जनतालाई रैती बनाउने अभियान सफल हुन नदिने बताएका हुन् । ‘नेपालको संविधानले केही कुरा अपरिवर्तनीय भनेको छ […]

Mar 17, 2025 - 10:38
 0
नेपाली जनतालाई रैती बनाउने अभियान सफल हुन दिँदैनौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजसंस्था समर्थितहरूले जनतालाई रैती बनाउन कोसिस गरिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।

राजधानीमा बाम विश्लेषक श्याम श्रेष्ठको पुस्तक विमोचन गर्दै उनले संविधानले सार्वभौमसत्ता जनतामा सुम्पिएको भन्दै जनतालाई रैती बनाउने अभियान सफल हुन नदिने बताएका हुन् ।

‘नेपालको संविधानले केही कुरा अपरिवर्तनीय भनेको छ । जनतामा निहित सार्वभौमसत्ता पनि अपरिवर्तनीय हो । राजवादीहरूले जनतालाई फेरि रैती बनाउने षड्यन्त्र गरिरहेका छन् । त्यो अभियान सफल हुन दिनेछैनौँ,’ उनले भने ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गर्ने कोसिस भइरहेको भन्दै उनले त्यसको रक्षाको दायित्व गणतन्त्रवादीहरूमा आएको उनको भनाइ छ । ‘अहिले फेरि प्रतिक्रियावादीहरूले केही मान्छेलाई उचालेर जनताको लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमा प्रहारको कोसिस गरिरहेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेकाहरू उपलब्धिको रक्षामा केन्द्रित हुनुपर्ने बेला आएको छ,’ उनले भने ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन, संविधान बनाउन र संविधानमार्फत जनताका अधिकार सुनिश्चित गर्न नेतृत्व लिएको हुनाले यी विषयको रक्षा लागि माओवादी केन्द्र दृढतापूर्वक अघि बढ्ने उनको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनपक्षीय बनाउन आफूले नेतृत्व गर्ने उनले बताए । ‘यो प्रणाली भित्र पनि कमीकमजोरी छन् । ती सबै कमीकमजोरीलाई सच्याउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनपक्षीय बनाउने अभियानको नेतृत्व गर्न म केन्द्रित हुनेछु,’ उनले भने ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले पाएका अधिकार र प्रगतिबारे जनतालाई बुझाउन आवश्यक रहेको उनले बताए। जनताका अधिकारलाई थप सबल बनाउन संविधान संशोधनको आवश्यकता रहेको उनको भनाइ छ ।’जनताका अधिकार सङ्कुचित गर्न होइन अधिकार बढाउने विषयमा मात्रै संविधान संशोधन हुनुपर्छ,’ उनले भने ।

संविधान संशोधनमा आवश्यक विषयवस्तुबारे समीक्षा गर्न उनले बुद्धिजीवीहरूलाई आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register