सेयर लगानीकर्ता भन्न थाले- ‘कारोबार गर्न पाइँदैन, नेप्सेको थोत्रो सिस्टम चाहिँदैन’  

काठमाडौँ । पटकपटक बिग्रिरहने नेप्सेको थोत्रो सिस्टम आइतबार पनि बिग्रिएपछि सेयर लगानीकर्ताले नेप्सेको विकल्प खोज्नुपर्ने आवाज उठाएका छन् ।  आइतबार कारोबार समयमै वाईकोले बनाएको सिस्टम बिग्रिँदा कारोबार नै नहुने समस्या देखिएको थियो । यतिमात्र होइन, भित्रभित्रै डाटा लिकेजको समस्या पनि देखिएको थियो ।  तर, बेला बेलामा बिग्रिएर लाखौँ लगानीकर्तालाई मर्कामा पारिरहने नेप्सेको सिस्टममा फेरि पनि […]

Jan 13, 2025 - 06:36
 0
सेयर लगानीकर्ता भन्न थाले- ‘कारोबार गर्न पाइँदैन, नेप्सेको थोत्रो सिस्टम चाहिँदैन’  

काठमाडौँ । पटकपटक बिग्रिरहने नेप्सेको थोत्रो सिस्टम आइतबार पनि बिग्रिएपछि सेयर लगानीकर्ताले नेप्सेको विकल्प खोज्नुपर्ने आवाज उठाएका छन् । 

आइतबार कारोबार समयमै वाईकोले बनाएको सिस्टम बिग्रिँदा कारोबार नै नहुने समस्या देखिएको थियो । यतिमात्र होइन, भित्रभित्रै डाटा लिकेजको समस्या पनि देखिएको थियो । 

तर, बेला बेलामा बिग्रिएर लाखौँ लगानीकर्तालाई मर्कामा पारिरहने नेप्सेको सिस्टममा फेरि पनि त्यही नियति दोहोरिएपछि लगानीकर्ताले नेप्सेको विकल्प खोज्नुपर्ने आवाज उठाएका छन् । अधिकांश लगानीकर्ताले नेप्सेको सिस्टम बेला बेलामा बिग्रिरहनुले नयाँ स्टक एक्सचेञ्जको अपरिहार्यतालाई थप बल दिएको प्रतिक्रिया दिएका छन् । 

यता वाईकोसँग मिलेर बजारमा कर्नरिङ गर्ने गरेको आरोप लाग्दै आएको नेप्से यसपटक पनि सिस्टममा देखिएको समस्यालाई सामान्य समस्या भनेर पन्छिएको छ । 

तर, आइतबार टिएमएसमा देखिएको समस्या सामान्य नभएर नियोजित रुपमै बिगारिएको आरोप सेयर लगानीकर्ताहरुले लगाएका छन् । उनीहरुले नेप्सेको थोत्रो सिस्टम नै बजारको दिगो विकासमा अवरोध भएको भन्दै नेप्सेको विकल्पमा नयाँ स्टक एक्सचेञ्ज कुनै हालतमा ल्याउनुपर्ने आवाज उठाएका छन् । हाल लगानीकर्ताले सामाजिक सञ्जालमा ‘कारोबार गर्न पाइँदैन, नेप्सेको थोत्रो सिस्टम चाहिँदैन’ भन्दै नेप्सेको व्यापक विरोध गरिरहेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register