ट्रम्पले लिए शपथ, मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ ‍‍‍‍‍औं राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । युएस कैपिटलभित्र आयोजित कार्यक्रममा ट्रम्पले उपराष्ट्रपति जेडी भान्ससँगै शपथ लिए । शपथ लिएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी समेत गरेका छन् । उनले अमेरिकालाई फेरि महान बनाउने भन्दै त्यसकै लागि आफू हत्या प्रयासबाट पनि जीवित रहेको […]

Jan 20, 2025 - 17:45
 0
ट्रम्पले लिए शपथ, मेक्सिको सीमामा सङ्कटकाल, लाखौं आप्रवासी निकाल्ने घोषणा

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ ‍‍‍‍‍औं राष्ट्रपतिका रूपमा शपथ लिएका छन् ।

युएस कैपिटलभित्र आयोजित कार्यक्रममा ट्रम्पले उपराष्ट्रपति जेडी भान्ससँगै शपथ लिए ।

शपथ लिएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी समेत गरेका छन् ।

उनले अमेरिकालाई फेरि महान बनाउने भन्दै त्यसकै लागि आफू हत्या प्रयासबाट पनि जीवित रहेको समेत बताए ।

अमेरिकाको शिक्षा र स्वास्थ्य प्रणाली धेरै खराब रहेको भन्दै उनले त्यसमा आमूल परिवर्तन गर्ने उद्घोष समेत गरे ।

उनले अपराधीलाई आप्रवासीका रूपमा बस्न दिएको भन्दै बाइडन प्रशासनको आलोचना समेत गरे ।

ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा तत्कालै सङ्कटकाल घोषणा गर्ने जानकारी दिए । उनले लाखौं आप्रवासीलाई देशबाट निकाल्ने योजना समेत सुनाएका छन् ।

ट्रम्पले भने, ‘लाखौं विदेशी अपराधीहरूलाई उनीहरूकै घर पठाउने प्रक्रिया सुरू गरिनेछ । सीमा क्षेत्रमा थप सैनिक र जनशक्ति परिचालन गरिनेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register