देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्वीरहरू)

ललितपुर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्ति जावलाखेल पुगेका थिए । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको […]

Jun 1, 2025 - 13:49
 0
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्वीरहरू)

ललितपुर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्ति जावलाखेल पुगेका थिए ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा सकिएको छ ।

तस्वीरहरू :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register