उल्भ्सलाई हराउँदै चेल्सी प्रिमियर लिगको शीर्ष चारमा
काठमाडौं । उल्भ्सलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । सोमबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३–१ गोल अन्तरले हराएर लिग तालिकाको शीर्ष चारमा प्रवेश गरेको हो । प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिग खेल्ने भएकाले यो स्थान महत्वपूर्ण छ । यस जितसँगै चेल्सीले लिगमा पाँच खेलको हार क्रमलाई […]

काठमाडौं । उल्भ्सलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३–१ गोल अन्तरले हराएर लिग तालिकाको शीर्ष चारमा प्रवेश गरेको हो ।
प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिग खेल्ने भएकाले यो स्थान महत्वपूर्ण छ ।
यस जितसँगै चेल्सीले लिगमा पाँच खेलको हार क्रमलाई पनि टुंग्याएको छ ।
घरेलु मैदान स्टायनफोर्ड ब्रिजमा भएको खेलमा टोसिन एबाराबोयोले चेल्सीका लागि खेलको २४औँ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा उल्भसका लागि म्याट डोहर्टीले बराबरी गोल फर्काए । त्यसपछि चेल्सीका लागि मर्क कुकुरेलाले ६०औँ र नोनी माडुकेले ६५औँ मिनेटमा गोल गरे ।
यो जितपछि चेल्सीको २२ खेलबाट ४० अंक भएको छ । चौथो स्थानमा प्रवेशका लागि उसले ३८ अंकमा रहेको म्यानचेस्टर सिटीलाई उछिनेको हो ।
यता उल्भ्सको रेलिगेसनबाट बच्ने संघर्ष कायमै छ । उसको १६ अंक मात्रै छ ।
उल्भ्स अहिले लिगको १७औँ स्थानमा छ । लिगमा १८ देखि २० अर्थात अन्तिममा रहने तीन टोली घटुवा हुनेछन् ।
What's Your Reaction?






