भैरहवा पुगे रवि, भोलि अदालतमा हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालत रुपन्देहीमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ । सो अभियोगमा अदालतमा हाजिर हुन उनी मङ्गलबार बुद्ध एअरको विमानमार्फत त्यहाँ पुगेका हुन् । लामिछाने भोलि बुधबार आफैँ अदालतमा […]

Jan 21, 2025 - 11:33
 0
भैरहवा पुगे रवि, भोलि अदालतमा हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने भैरहवा पुगेका छन् ।

लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालत रुपन्देहीमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

सो अभियोगमा अदालतमा हाजिर हुन उनी मङ्गलबार बुद्ध एअरको विमानमार्फत त्यहाँ पुगेका हुन् । लामिछाने भोलि बुधबार आफैँ अदालतमा उपस्थित हुने तयारी छ ।

लामिछानेसहित ४२ विरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड बढी बिगो माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register