यौन दुर्व्यवहारको आरोपमा इन्ड्राइभ चालक पक्राउ

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इन्ड्राइभका चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रवीण बराल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीकाअनुसार  २५ वर्षीय बराललाई थानकोटबाट पक्राउ गरिएको हो । इन्ड्राइभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा […]

Jan 21, 2025 - 15:06
 0
यौन दुर्व्यवहारको आरोपमा इन्ड्राइभ चालक पक्राउ

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इन्ड्राइभका चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रवीण बराल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीकाअनुसार  २५ वर्षीय बराललाई थानकोटबाट पक्राउ गरिएको हो । इन्ड्राइभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चितवनको मुग्लिन बजारबाट काठमाडौं जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै ती महिलाले ‘टिकटक’मा भिडिओसमेत पोष्ट गरेकी थिइन् ।

पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको र  घटनाबारे थप अनुसन्धान भइरहेको  प्रवक्ता  अधिकारीले जानकारी दिए ।

सम्बन्धित सामग्री-

महिलाका लागि असुरक्षित इन्ड्राइभ, राइडरको खुलेआम प्रस्ताव – एक घण्टा कतै बसौँ न

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register