सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव छैन : डा भट्टराई

गोरखा ।  नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताएका छन् । गोरखा सदरमुकाममा सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने बताएका हुन् ।  “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट […]

Jan 21, 2025 - 15:42
 0
सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव छैन : डा भट्टराई

गोरखा ।  नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न सकिने बताएका छन् ।

गोरखा सदरमुकाममा सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने बताएका हुन् ।  “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन”, उनले भने, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमिलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उनले बताए ।

संविधानमा लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको उनको भनाइ छ ।  “राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भने, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।”

अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भने, “२००७ साल, ०४७ साल, ०६२/०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।”

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register