खल्तीले मनाउँदै डिजिटल रूपान्तरणको ८औँ वर्ष

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ माघ १३ गते ८औँ वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको छ । ८औं वर्ष पूरा गरेको अवसरमा खल्तीले ‘सेलिब्रेटिङ ग्रेट ८एयर’ थिम राखी आफ्नो वार्षिकोत्सव  मनाइरहेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै […]

Jan 26, 2025 - 08:26
 0
खल्तीले मनाउँदै डिजिटल रूपान्तरणको ८औँ वर्ष

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ माघ १३ गते ८औँ वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको छ । ८औं वर्ष पूरा गरेको अवसरमा खल्तीले ‘सेलिब्रेटिङ ग्रेट ८एयर’ थिम राखी आफ्नो वार्षिकोत्सव  मनाइरहेको छ ।

२०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै नै इनोभेटिभ र उत्साहजनक भएको कम्पनीले जनाएको छ । विभिन्न युवा मैत्री मनोरञ्जन, कन्सर्ट, खेलकुद र रियालिटी सोहरूका लागि लोकप्रिय ‘खल्ती’ ईभेन्ट टिकटिङ , भोटिङ र मुभि टिकटिङ प्लेटफर्मको रूपमा अग्र स्थानमा छ ।

यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको छ र पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तिय सेवाहरू ल्याएको छ ।

नेपालभर सबै नेपालीहरूका लागि वित्तीय समावेशीकरणको उद्देश्य राखी अगाडि बढिरहेको खल्तीले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल नेपालको यस यात्रामा सदैव साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि लगातार देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा ‘खल्ती’ एनएचसीएलद्वारा सम्मानित भयो । हालै खल्तीले गुगल प्ले स्टोरमा ५० लाख डाउनलोड पनि पूरा गरेको छ। नेपाल प्रिमियर लिगको टिकटिङ, बाइक सुरक्षा र कार सुरक्षाको सुरुवात, बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करणको सफलता, रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने प्लेसेस बाई खल्ती र ग्याजेटहरूका लागि खल्ती मलको स्थापना -आठौँ वर्षको प्रमुख बिन्दुहरू रहेको खल्तीले जनाएको छ ।

रु ८ को अफर: आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले माघ ०७ देखि १८ गतेसम्म, हरेक सुविधालाई निश्चित समय अवधि तोकेर रु ८ मा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याएको छ ।

● पहिलो ८८,८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै कफी
● पहिलो ८,८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै सुरक्षा मिनी नामक स्वास्थ्य बिमा प्याकेज
● ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै रु ५०० सम्मको टपअप
● ८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै मुभी टिकट
● ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै फ्लाइट टिकट

रु ८ मै कफी प्राप्त गर्न प्रयोगकर्ताहरूले खल्ती एप भित्र ‘ईन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गरी आफूलाई पायक पर्ने ठाउँमा रु ८ मै कफी अर्डर गर्न सक्नेछन् भने यो अफर माघ १३ गतेदेखि १५ गतेसम्मका लागि मान्य रहने खल्तीले जनाएको छ । खल्तीले अन्य अफरको लागि आ-आफ्नो समय अवधि र व्यवस्था छुट्टाएको छ । साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै खल्ती मल अफर तथा उपहार पनि आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्षमा उपलब्ध गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register