कनकाईकी नमिता क्यान्सरलाई परास्त गरेर मेची–महाकाली साइकल यात्रामा

कनकाई, ३० चैत । क्यानसर रोगलाई परास्त गर्न सफल झापा कनकाई–३ सुरुङ्गाकी ४० वर्षीया नमिता काफ्ले बस्नेत “मुस्कुराउछ नयाँ जिवन ” भन्ने नाराका साथ मेची महाकाली साइकल यात्रामा निस्कनु भएको छ । आज नेपालको पूर्वी सिमाना मेची पुलबाट उहाँले साइक यात्रा सुरु गर्नुभएको हो । आफैँ पनि क्यानसर साथै अन्य धेरै रोगसँग लड्दै अरुलाई समेत [...] The post कनकाईकी नमिता क्यान्सरलाई परास्त गरेर मेची–महाकाली साइकल यात्रामा appeared first on Jhapa Online.

Apr 12, 2025 - 15:51
 0
कनकाईकी नमिता क्यान्सरलाई परास्त गरेर मेची–महाकाली साइकल यात्रामा

कनकाई, ३० चैत । क्यानसर रोगलाई परास्त गर्न सफल झापा कनकाई–३ सुरुङ्गाकी ४० वर्षीया नमिता काफ्ले बस्नेत “मुस्कुराउछ नयाँ जिवन ” भन्ने नाराका साथ मेची महाकाली साइकल यात्रामा निस्कनु भएको छ ।

आज नेपालको पूर्वी सिमाना मेची पुलबाट उहाँले साइक यात्रा सुरु गर्नुभएको हो । आफैँ पनि क्यानसर साथै अन्य धेरै रोगसँग लड्दै अरुलाई समेत यो रोग सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले साइकल यात्रा सुरु गर्नुभएकी नमितालाई गृह नगर कनकाईबाट यात्रा सफलताको शुभकामनासहित बिदाई गरिएको छ ।

कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, वडा वडा नं. १ का अध्यक्ष सुशीलकुमार पोखरेल, वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं, वडा नं. १ का वडा सदस्य हरिकुमार राई, ३ का वडा सदस्य गोविन्द सुवेदी, अनिल गोयल, कनकाईका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले नमितालाई राष्ट्रिय झण्डा, खदा, अविर पहिर्याउदै शुभकामनासहित बिदाई गर्नुभएको हो ।

बिदाई गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले क्यान्सर रोगलाई जितेर साइकल यात्रा गर्ने नमिता सम्भवतः पहिलो महिला हुन सक्ने बताउनुभयो । क्यान्सर रोग लाग्ने बित्तिकै रोगले मानिसलाई जति असर गर्छ त्यो भन्दा बढी मलाई क्यान्सर लाग्यो भनेर हतोत्साहित हुने बताउनुहुँदै नगर प्रमुख पोखरेलले त्यस्ता मानिसहरुका लागि नमिताको मेची–महाकाली साइकल यात्राले उmर्जा दिने बताउनुभयो । नगरले उहाँको यात्रा सहज रूपमा सम्पन्न होस् भन्नका लागि यात्राको क्रममा पुगिने विभिन्न पालिकाहरुसँग समेत समन्वय गरेको पोखरेलले जानकारी दिनुभयो ।

कनकाई नं. १ का वडा अध्यक्ष सुशीलकुमार पोखरेल, वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं लगायतले नमितालाई यात्रा सफलताको शुभकामना व्यक्त गर्दै नमिताको जीवनशैलीलाई हेरेर पनी दीर्घरोग लागेका व्यक्तिहरुले उmर्जा प्राप्त गर्न सक्ने बताउनुभयो ।

यात्री नमिताले कनकाई नगरपालिका र पुर्वाञ्चल क्यान्सर अस्पतालको विशेष सहयोग र हौसला लिएर साइकल यात्रा सुरु गरेको बताउनुभयो । आफू हस्पिटलमा रहँदा पनि नगरले साथ र सहयोग गरेको बताउँदै सबैलाई नमिताले धन्यवाद समेत दिनुभएको थियो । २५ दिने मेची–महाकाली साइकल यात्रा निस्कनु भएकी उहाँले साइकल यात्रा पूरा भएपछि अनुभव साटासाट गर्ने समेत बताउनुभयो ।

नमितालाई नगरले साइकल र आवश्यक सामग्रीसमेत उपलब्ध गराएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । नमिताले सबैको हौसलाले आफुलाई उर्जा मिलेको बताउदै सदैब यस्तै साथ सहयोगको अपेक्षा गर्नु भएको छ ।

The post कनकाईकी नमिता क्यान्सरलाई परास्त गरेर मेची–महाकाली साइकल यात्रामा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register