एकीकृत समाजवादीमा घनश्याम भुसाललाई ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने जिम्मेवारी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसाललाई ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने जिम्मेवारी दिएको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा महासचिव भुसाललाई पार्टीको तात्कालिक कार्ययोजनाका रूपमा आन्दोलनलाई केन्द्रमा राखेर विचार तथा सङ्गठनका कामलाई सँगसँगै अगाडि बढाउने जिम्मेवारी दिएको उल्लेख छ । आगामी केन्द्रीय कमिटीको बैठकमा यस कार्यक्रमबारे विस्तृत […]

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसाललाई ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने जिम्मेवारी दिएको छ ।
हालै सम्पन्न स्थायी कमिटी बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा महासचिव भुसाललाई पार्टीको तात्कालिक कार्ययोजनाका रूपमा आन्दोलनलाई केन्द्रमा राखेर विचार तथा सङ्गठनका कामलाई सँगसँगै अगाडि बढाउने जिम्मेवारी दिएको उल्लेख छ ।
आगामी केन्द्रीय कमिटीको बैठकमा यस कार्यक्रमबारे विस्तृत छलफल गरेर कार्यान्वयनमा लगिने अपानिमा उल्लेख छ।
आन्दोलन संयोजन समितिमा सचिवको रूपमा स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ रहेका छन् । अपानिमा उल्लेख भएअनुसार आन्दोलन संयोजन समितिको संरचनालाई पनि केन्द्रीय कमिटीको आगामी बैठकले पूर्णता दिनेछ ।
यस्तै नेपालको संविधानमा संशोधनका सम्बन्धमा अहिले उठिरहेका सबै विषयमा पार्टीको धारणा तय गर्नका लागि पनि एकीकृत समाजवादीले समिति गठन गरेको छ । त्यसको संयोजकको जिम्मेवारी प्रकाश ज्वालालाई दिएको छ भने नेताहरू गरिमा शाह, गणेशबहादुर विश्वकर्मा, रामचन्द्र यादव, घनप्रसाद गौतम, राजन राई, गोविन्द बन्दी र शङ्कर सुवेदी सदस्य रहेका छन् ।
What's Your Reaction?






