कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु

काठमाडौं । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ । मोटरसाइकल चालक रौतहट गरूडा नगरपालिका-२ गेडही गुठ्ठी निवासी ६० वर्षिय बलिराम सहनी र उनकी ४० वर्षीय छोरी उर्मिलादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । चन्द्रपुर–४ स्थित पूर्व पश्चिम लोकमार्गमा आइतबार बिहान सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा […]

May 4, 2025 - 08:34
 0
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु

काठमाडौं । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ ।

मोटरसाइकल चालक रौतहट गरूडा नगरपालिका-२ गेडही गुठ्ठी निवासी ६० वर्षिय बलिराम सहनी र उनकी ४० वर्षीय छोरी उर्मिलादेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

चन्द्रपुर–४ स्थित पूर्व पश्चिम लोकमार्गमा आइतबार बिहान सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका-१२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register