अमेरिकामा विमान दुर्घटना : चिसोका कारण उद्धारमा कठिनाइ

काठमाडौं । अमेरिकामा हवाइ दुर्घटनामा परेका यात्रुको उद्दार जारी रहेको अधिकारीले बताएका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर आकाशमा ठोक्किएर दुर्घटना भएको थियो । आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा […]

Jan 30, 2025 - 09:37
 0
अमेरिकामा विमान दुर्घटना : चिसोका कारण उद्धारमा कठिनाइ

काठमाडौं । अमेरिकामा हवाइ दुर्घटनामा परेका यात्रुको उद्दार जारी रहेको अधिकारीले बताएका छन् ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर आकाशमा ठोक्किएर दुर्घटना भएको थियो ।

आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एअरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए ।

उनले भने, “करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।”

स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एअरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकोप्टरमा तीन जना रहेका थिए । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register