सामाजिक सञ्जाल चलाउन अनिवार्य अनुमति चाहिने, नत्र बन्द !

काठमाडौँ । दर्ता नभए नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने भएको छ । सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो । योसँगै अब नेपालको कानून अनुसार अनुमति नलिए फेसबुक, इन्टाग्राम, ह्वाट्सएप, एक्स, भाइबर, स्काइप, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाललाई नेपालमा प्रतिबन्ध लगाइने भएको छ ।  यो विधेयक संसदबाट पारित भएर ऐनको […]

Jan 28, 2025 - 11:15
 0
सामाजिक सञ्जाल चलाउन अनिवार्य अनुमति चाहिने, नत्र बन्द !

काठमाडौँ । दर्ता नभए नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने भएको छ । सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

योसँगै अब नेपालको कानून अनुसार अनुमति नलिए फेसबुक, इन्टाग्राम, ह्वाट्सएप, एक्स, भाइबर, स्काइप, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाललाई नेपालमा प्रतिबन्ध लगाइने भएको छ । 

यो विधेयक संसदबाट पारित भएर ऐनको रुप लिएको ६ महिनाभित्र फेसबुकलगायतका सामाजिक सञ्जालले सामाजिक सञ्जाल विभागमा सञ्चालनका लागि अनिवार्य रुपमा दर्ता गर्नुपर्नेछ । अन्यथा, सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइनेछ । 

त्यस्तै, नेपाल बाहिरबाट सञ्चालित सामाजिक सञ्जालहरुले अनिवार्य रुपमा नेपालमा सम्पर्क विन्दु व्यवस्था गर्नुपर्नेछ । साथै गुनासो संयन्त्रको व्यवस्था पनि गर्नुपर्नेछ । त्यसो नगरेमा उक्त सामाजिक सञ्जालमाथि सरकारले रोक लगाउन सक्नेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register