जे विषयमा संविधान संशोधन भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको बताएका छन् । वर्तमान सरकारले मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको भन्दै उनले सरकारको त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने बताए । ‘संविधान संशोधनको कुरा जे विषयमा भनिएको छ, दुर्घटनाको […]

Jan 28, 2025 - 11:18
 0
जे विषयमा संविधान संशोधन भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ : प्रचण्ड

काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको बताएका छन् ।

वर्तमान सरकारले मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको भन्दै उनले सरकारको त्यस्तो कदम आफूहरुलाई स्वीकार्य नहुने बताए ।

‘संविधान संशोधनको कुरा जे विषयमा भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ । दुर्घटनाको खतरा त्यहीँ अन्तरनिहित छ’, उनले भने, ‘संविधान संशोधन यो देशका मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार बढाउनका लागि होइन, त्यो खोस्न खोजिरहेका छन् । यो समजवादी मोर्चाले विकल्प दिनेगरी नजाने हो भने खतरा छ ।’

प्रचण्डले वर्तमान सरकारले अध्यादेशमार्फत प्रतिगमनको पाइला सुरु गरेको भन्दै अध्यादेश अलोकतान्त्रिक र निरङ्कुश तरिकाबाट ल्याइएको ठोकुवा गरे ।

‘आफैँले भन्ने गरेको मान्यता विपरीत, सदनमा भएको विधेयक सदनबाट फिर्ता नलिइकन जबरजस्ती अध्यादेश ल्याउने जो काम भएको छ, यो स्वेच्छाचारी र निरङ्कुश छ’, उनले भने, ‘यो प्रतिगमनतिरको यात्राको पाइलाहरू नै हो भन्ने महसुस गरेर तुरुन्तै सदन बोलाइँदैन भने विशेष अधिवेशन बोलाउन बाध्य छौँ भनेपछि मात्रै सरकारले सदन बोलाएको छ ।’

वर्तमान सरकार आफैँमा अप्राकृतिक र अलोकतान्त्रिक रहेको भन्दै उनले अब समाजवादी मोर्चा देशको राजनीतिक विकल्पको रुपमा आउनै पर्ने बताए ।

यस्तै, प्रचण्डले आफू समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग छिटो एकता गर्ने पक्षमा रहेको बताएका छन्। यद्यपि, उनले पार्टी एकताको नाममा हतार भने गर्न नहुने र एकताअघि विचार र सङ्गठनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए ।

विगतमा हातार गरेर नेकपा गठन गर्दा निराशा मात्रै हात लागेको प्रचण्डको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register