ट्राभल इन्क्वारीको सान्त्वना जित
काठमाडौं । पाँचौं टाइगर कप भलिबलको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित हासिल गरेको छ । बुधबार पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा ट्राभल इन्क्वारीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । ट्राभल इन्क्वारीले पहिलो, दोस्रो र चौथो सेट आफ्नो पक्षमा पार्यो । ट्राभल इन्क्वारी तेस्रो सेटमा भने […]

काठमाडौं । पाँचौं टाइगर कप भलिबलको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित हासिल गरेको छ ।
बुधबार पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा ट्राभल इन्क्वारीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
ट्राभल इन्क्वारीले पहिलो, दोस्रो र चौथो सेट आफ्नो पक्षमा पार्यो । ट्राभल इन्क्वारी तेस्रो सेटमा भने आर्मीसँग पराजित भयो ।
ट्राभल इन्क्वारीले आर्मीलाई पहिलो सेटमा २५–१८ र दोस्रोमा २५–१८ ले पराजित गर्यो । तेस्रो सेटमा आर्मीले ट्राभल इन्क्वारीलाई २६–२४ ले पराजित गर्यो । चौथोमा ट्राभल इन्क्वारीले २५–१९ ले जित्यो ।
यस जितको साथ ट्राभल इन्क्वारीको यात्रा सकिएको छ । हार्ने टोलीको समूहमा आफ्नो सबै लिग खेलमा पराजित भएको आर्मीको यात्रा टुङ्गिएको छ ।
यस समूहबाट लिगका दुवै खेल जितेर नेपाल पुलिस क्लब भने एलिमिनेटरमा पुगिसकेको छ ।
What's Your Reaction?






