सामाजिक संजाल संचालन विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको सामाजिक संजाल संचालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ । महासंघले बुधबार एक  प्रेस विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि […]

Jan 29, 2025 - 12:57
 0
सामाजिक संजाल संचालन विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको सामाजिक संजाल संचालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ ।

महासंघले बुधबार एक  प्रेस विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा गम्भीर असहमति प्रकट गरेको हो ।

महासंघले सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठत पार्ने प्रावधानहरु सच्याएरमात्र विधेयक अगाडि बढाउन सरकार र संसदलाई आग्रह गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुनेतर्फ पनि महासंघले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

सरकारले मंगलबारमात्रै सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register