डीपसीक एआईसँग सम्बन्धित पाँच प्रश्नोत्तर

काठमाडौं । चिनियाँ कम्पनी डीपसीक एआई च्याटबटको चर्चा विश्वभर भइरहेको छ । जनवरी २० मा सुरु भएको डीपसीकले च्याटजीपीटीलाई सिधै चुनौती दिएको छ । डीपसीकको एप नि:शुल्क भएकोले एप्पल स्टोर र गुगल प्ले स्टोरमा यसको डाउनलोडको सङ्ख्या छोटो समयमै बढेको छ । यो पनि अचम्मको कुरा हो कि कम पैसामा बनाइए पनि यो एप र […]

Jan 31, 2025 - 05:52
 0
डीपसीक एआईसँग सम्बन्धित पाँच प्रश्नोत्तर

काठमाडौं । चिनियाँ कम्पनी डीपसीक एआई च्याटबटको चर्चा विश्वभर भइरहेको छ । जनवरी २० मा सुरु भएको डीपसीकले च्याटजीपीटीलाई सिधै चुनौती दिएको छ ।

डीपसीकको एप नि:शुल्क भएकोले एप्पल स्टोर र गुगल प्ले स्टोरमा यसको डाउनलोडको सङ्ख्या छोटो समयमै बढेको छ ।

यो पनि अचम्मको कुरा हो कि कम पैसामा बनाइए पनि यो एप र यसको कम्पनीले अमेरिकी कम्पनीहरुलाई कसरी चुनौती दिन सफल भयो ।

डीपसीक भनेको के हो, यसले कसरी काम गर्छ, यो च्याटजीपीटीभन्दा कसरी फरक छ, यस्ता सबै प्रश्नको उत्तर जान्न प्रयास गरौँ ।

डीपसीक के हो ?

डीपसीक एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो, जुन चीनको दक्षिण-पूर्वी सहर हाङ्ग्जाउमा स्थापना भएको थियो ।

मोबाइल एप मार्केट इन्टेलिजेन्स प्लेटफर्म सेन्सर टावरकाअनुसार कम्पनी जुलाई २०२३ मा लन्च गरिएको थियो, तर यसको लोकप्रिय एआई सहायक एप अमेरिकामा जनवरी १० सम्म रिलिज भएको थिएन ।

च्याटजीपीटी र डीपसीक दुवै एआई-सञ्चालित च्याटबटहरू हुन् । यी दुई बीचको सबैभन्दा ठूलो भिन्नता सदस्यताको मूल्य हो ।

च्याटजीपीटी र डीपसीक निःशुल्क प्रयोगको लागि उपलब्ध छन् । यद्यपि, उनीहरूको प्रिमियम सेवा र राम्रो अनुभवको लागि सदस्यता लिनु आवश्यक छ । च्याटजीपीटी सदस्यता शुल्क २० डलरप्रति महिना । जबकि डीपसीकको प्रिमियम सेवा प्रतिमहिना ०.५ डलरमा उपलब्ध छ ।

डीपसीक र च्याटजीपीटीको काम गर्ने तरिका लगभग उस्तै छ । तर, दुवैको प्रक्रियामा धेरै भिन्नता छ । च्याटजीपीटीले प्रयोगकर्ताको इनपुटमा आधारित आफ्नो अनुभव सुधार गरेको छ । तर, डीपसीक अझै नयाँ छ र यसको डाटा सीमित छ ।

डीपसीकले अन्तर्राष्ट्रिय राजनीतिसँग सम्बन्धित केही प्रश्नहरू बेवास्ता गर्छ । जबकि च्याटजीपीटीले यो गर्दैन ।

डीपसीकले के गर्छ, मूल कम्पनी र प्रमुख को हो ?

डीपसीक एक एपको रूपमा डिजाइन गरिएको हो, जसले तपाईंको प्रश्नहरूको जवाफ प्रदान गर्दछ र कामलाई सजिलो बनाउँछ ।

यसलाई लिआङ्ग वेनफेङले लगानीकर्ताहरू भेला गरेर निर्माण गरेका थिए । ४० वर्षिया उनीसँग पुरानो सूचना र इलेक्ट्रोनिक ईन्जिनियरिङ्ग स्नातक होल्डर हुन् ।

विज्ञहरू विश्वास गर्छन् कि उनले लगभग ५० हजार चिप्सको सङ्ग्रहमार्फत डीपसीक सुरु गरेका हुन् । उनले सस्तो चिपहरू प्रयोग गरे, जुन अझै पनि चीनमा आयात गरिन्छ ।

लिआङलाई हालै उद्योग विशेषज्ञ र चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेटघाट गरेका थिए ।

डीपसीक विश्वभर प्रयोग गर्न नि:शुल्क छ र गुगल प्लेस्टोर र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

डीपसीकको प्रतिस्पर्धी र विशेषता के हो ?

एआई च्याटबट भएको कारण डीपसीक ओपन एआईको च्याटजीपीटी, गुगलको जेमिनी र माइक्रोसफ्टको कोपाइलटसँग प्रत्यक्ष प्रतिस्पर्धामा छ ।

डीपसीक खुला स्रोत प्रविधिमा काम गर्दछ । खुला स्रोत भएको कारण विकासकर्ताहरू र अनुसन्धानकर्ताहरूले यसलाई सुधार गर्न विचारहरू साझा गर्न सक्छन् ।

डीपसीक ओपन एआईभन्दा धेरै कम लागतमा बनाइएको दाबी छ । यो एप बनाउनका लागि मात्र ६ मिलियन डलर खर्च भएको अनुसन्धानकर्ताले बताएका छन् ।

जबकि अमेरिकामा एआई कम्पनीहरूले आफ्नो एआई एप्स बनाउन अर्बौं डलर खर्च गरेका थिए ।

यसको कम लागतका कारण डीपसीकले अमेरिकी कम्पनी एनभिडियालाई धेरै नोक्सान पुर्‍याएको छ । गत सोमबार एनभिडियाले लगभग ६०० बिलियनको बजार मूल्य गुमाएको थियो।

फोर्ब्सका अनुसार एनभिडिया बजार पुँजीकरणका हिसाबले विश्वको सबैभन्दा मूल्यवान कम्पनी थियो, तर गत सोमबार यसको बजार मूल्य ३.५ ट्रिलियन डलरबाट २.९ ट्रिलियन डलरमा झर्दा एप्पल र माइक्रोसफ्टलाई पछि पार्दै तेस्रो स्थानमा झरेको छ ।

च्याटजीपीटी के हो ?

च्याटजीपीटी एक च्याटबट पनि हो, जसले तपाईंका धेरै प्रश्नहरूको लिखित र लगभग सही जवाफ दिन सक्छ । यो च्याटबटले तपाईंको व्यक्तिगत समस्याहरूमा पनि सल्लाह दिन सक्छ ।

च्याटजीपीटी लगभग १०० भाषाहरूमा उपलब्ध छ तर, अङ्ग्रेजीमा सबैभन्दा सटीक छ ।

यो प्रणाली ओपनएआई नामको कम्पनीले सन् २०१५ मा साम अल्टम्यान र इलोन मस्कले बनाएका थिए । मस्क सन् २०१८ मा यसबाट अलग भएका थिए ।

जेमिनी र माइक्रोसफ्ट पाइलट के हुन् ?

जेमिनी र माइक्रोसफ्ट सह पाइलट पनि एआई च्याटबट हुन् । माइक्रोसफ्टले Cortana लाई प्रतिस्थापन गर्न र माइक्रोसफ्ट ३६५ एपहरूसँग लिङ्क गर्न २०२३ मा पायलट सुरु गर्‍यो ।

पायलटलाई माइक्रोसफ्टको आउटलुक, वर्ड, पावरपोइन्ट र एक्सेल एपहरूसँग क्लब गर्न र प्रयोग गर्न सकिन्छ ।

गुगलले बर्ड एपलाई प्रतिस्थापन गर्न २०२४ मा जेमिनी लन्च गरेको थियो । कोपाइल जस्तै जेमिनीले पनि तपाईंको डेटासँग सिङ्क गर्दछ ।

-बीबीसीबाट

अमेरिकी टेक कम्पनीलाई हल्लाउने डीपसीक के हो ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register