प्रधानमन्त्रीको दाबीः नागरिक एपबाटै पाइन्छ ५० भन्दा बढी सरकारी सेवा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपमार्फत सेवाग्राहीले ५० भन्दा बढी सेवा पाइरहेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले उल्लेख्य प्रगति गरेको भन्दै यसबाट मासिक लाखौं सेवाग्राहीले सेवा पाएको दाबी गरे । उनले नागरिक एपले सरकारी सेवालाई झन्झट रहित र पारदर्शी बनाएको बताए । “यसमा ५० भन्दा बढी सेवा आबद्ध छन्,” ओलीले भने, “नागरिक एप अहिले नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपमा पहिलो नम्बरमा छ । हालसम्म ५७ लाख...

What's Your Reaction?






