साउदी अरबमा सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबमा सवारी दुर्घटनामा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । देशको पश्चिममा पर्ने जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर रानाको मृत्यु भएको छ । उनीहरूको नेपालस्थित घर खुलाइएको छैन । दुर्घटनामा १५ जनाको मृत्यु भएकामा […]

Feb 1, 2025 - 03:07
 0
साउदी अरबमा सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबमा सवारी दुर्घटनामा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ ।

देशको पश्चिममा पर्ने जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर रानाको मृत्यु भएको छ । उनीहरूको नेपालस्थित घर खुलाइएको छैन ।

दुर्घटनामा १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली रहेको पछि थाहा भएको हो । ९ जना भारतीय र ३ जना घानाका नागरिकको पनि ज्यान गएको छ । एक जना नेपाली घाइते भएका छन् ।

जिजानबाट कामदार लिएर कार्यस्थलतर्फ जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register