पाथीभरा केबलकार विवाद : सोमबारको वार्ता विनानिष्कर्ष टुङ्गियो, आज पुनः बस्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबारको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ । सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन । मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरी केहीबेर अघि वार्ता स्थगित […]

Feb 4, 2025 - 00:09
 0
पाथीभरा केबलकार विवाद : सोमबारको वार्ता विनानिष्कर्ष टुङ्गियो, आज पुनः बस्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबारको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।

मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरी केहीबेर अघि वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘सोमबारको वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, मङ्गलबार ११ बजे पुनः बस्ने सहमति भएको छ,’ उनले भने ।

वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register