सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट आएकी काठमाडौं महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । लुकाइछिपाइ भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित मैयाँलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको […]

Feb 4, 2025 - 08:02
 0
सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट आएकी काठमाडौं महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

लुकाइछिपाइ भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित मैयाँलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरेको छ।

आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register