थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य
काठमाडौं । महिला त्रिकोणात्मक टी–२० सिरिजमा थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले पूरै ओभरमा ६ विकेटको क्षतिमा १०६ रनमा बनाएको हो । थाइल्याण्डका लागि थिपाचा पुथावोंग २५ र चनिदा सुथिरुआंग २७ रनमा अविजित रहिन् । नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् । सो क्रममा […]

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० सिरिजमा थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले पूरै ओभरमा ६ विकेटको क्षतिमा १०६ रनमा बनाएको हो ।
थाइल्याण्डका लागि थिपाचा पुथावोंग २५ र चनिदा सुथिरुआंग २७ रनमा अविजित रहिन् ।
नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् । सो क्रममा उनले ४ ओभरमा १८ रन खर्चेर १ मेडन फालिन् ।
रचना चौधरी र पूजा महतोले १–१ विकेट लिइन् । राष्ट्रिय क्रिकेट टीममा रचनाको यो डेब्यू खेल हो । उनी महिला टोलीमा डेब्यू गर्ने ३७औं खेलाडी भएकी छिन् ।
What's Your Reaction?






