अभियान लघुवित्तको नाफा ३७ करोड ८६ लाख रुपैयाँ, इपिएस कति ?

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनी ६ करोड २४ लाख ६८ हजार रुपैयाँ नोक्सानमा थियो । समिक्षा अवधिमा कम्पनीको खुद […]

Feb 4, 2025 - 10:39
 0
अभियान लघुवित्तको नाफा ३७ करोड ८६ लाख रुपैयाँ, इपिएस कति ?

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनी ६ करोड २४ लाख ६८ हजार रुपैयाँ नोक्सानमा थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेको हो । यसअवधिमा कम्पनीले ६ करोड ३१ लख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खुद ब्याज आम्दानी १२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक थियो ।

दोश्रो त्रैमाससम्ममा कम्पनीले ४६ लाख ५३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसा छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८१ पैसा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register