अध्यादेशबारे जसपा नेपाल अझै अनिर्णित, भोली निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदमा प्रस्तुत अध्यादेशका सम्बन्धमा अझै निर्णय लिएको छैन । जसपा अध्यादेशको पक्ष वा विपक्षमा उभिनेबारेमा औपचारिक रुपमा कुनै निर्णय नभएको पार्टी प्रवक्ता मनिष झाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले सबै कुरा छलफलको क्रममा रहेको बताएका छन् । झाका अनुसार अध्यादेश अध्ययन कार्यदलले बिहीबार  प्रतिवेदन बुझाएपछि ११ […]

Feb 5, 2025 - 16:39
 0
अध्यादेशबारे जसपा नेपाल अझै अनिर्णित, भोली निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदमा प्रस्तुत अध्यादेशका सम्बन्धमा अझै निर्णय लिएको छैन ।

जसपा अध्यादेशको पक्ष वा विपक्षमा उभिनेबारेमा औपचारिक रुपमा कुनै निर्णय नभएको पार्टी प्रवक्ता मनिष झाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले सबै कुरा छलफलको क्रममा रहेको बताएका छन् ।

झाका अनुसार अध्यादेश अध्ययन कार्यदलले बिहीबार  प्रतिवेदन बुझाएपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिनेछ ।

उनले आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ शीर्षकमा केही मिडिया र सामाजिक सञ्जालमा आएका समाचार तथ्यहीन र भ्रामक भएको स्पष्ट पार्दे फेसबुकमा लेखेका छन्, ‘जसपा नेपाल यस्ता भ्रमपूर्ण समाचारको खण्डन गर्दछ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register