अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव पार्टीका नेताहरूसँग छलफलमा 

काठमाडौँ।   सरकारले प्रतिनिधिसभामा पेस गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्। उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत गरिरहेका छन्। सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस गरेको थियो। प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ। तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन। […]

Feb 6, 2025 - 06:50
 0
अध्यादेशबारे निर्णय गर्न उपेन्द्र यादव पार्टीका नेताहरूसँग छलफलमा 

काठमाडौँ। 

 सरकारले प्रतिनिधिसभामा पेस गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।

उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत गरिरहेका छन्।

सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस गरेको थियो।

प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ।

तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन। त्यसका लागि तीन जना सांसद आवश्यक पर्छन्, जो यादवको पार्टीमा छन्।

राष्ट्रिय सभामा ५९ सांसदमध्ये बहुमत पुग्न ३० सांसद आवश्यक पर्छ। एमाले-कांग्रेससँग २६ सांसद छन्। लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय सभामा एक सिट छ। सरकारमा रहेकाले लोसपा अध्यादेशको पक्षमा छ।

अन्य आवश्यक तीन संख्या पुर्‍याएर अध्यादेश पास गर्न सरकारलाई चुनौती थियो।

जसपा अध्यक्ष यादवले यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्। ओली र देउवाको सन्देश लिएर उनी पार्टीका नेताहरूसँग निर्णायक छलफलमा छन्।

अध्यादेशको पक्षमा उभिएसँगै जसपा कांग्रेस-एमाले सरकारमा सामेल हुनसक्ने आँकलन गरिएको छ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register