थाइल्याण्डको अपराजित यात्रा टुङ्गियो, नेदरल्याण्ड्ससँग १ विकेटले पराजित

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा थाइल्याण्डले आफ्नो अपराजित यात्रा टुङ्गिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई १ विकेटले पराजित गरेको हो । अन्तिम बलमा २ रन ल्याउन सफल हुँदा नेदरल्याण्ड्सले थाइल्याण्डलाई पराजित गरको हो । थाइल्याण्डको यो पहिलो पराजय हो । नेदरल्याण्ड्सको भने यो चौथो जित […]

Feb 6, 2025 - 09:51
 0
थाइल्याण्डको अपराजित यात्रा टुङ्गियो, नेदरल्याण्ड्ससँग १ विकेटले पराजित

काठमाडौं । महिला टी–२० त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा थाइल्याण्डले आफ्नो अपराजित यात्रा टुङ्गिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई १ विकेटले पराजित गरेको हो । अन्तिम बलमा २ रन ल्याउन सफल हुँदा नेदरल्याण्ड्सले थाइल्याण्डलाई पराजित गरको हो ।

थाइल्याण्डको यो पहिलो पराजय हो । नेदरल्याण्ड्सको भने यो चौथो जित हो ।

११० रनको लक्ष्य नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा पूरा गर्यो । नेदरल्याण्ड्सका लागि फीबे मोल्केनबोएरले ३२ रन बनाइन् । रोबिन राइकेले २० र स्टेरे कालिसले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सिल्भर सीगर्स ७ र इसाबेल भान डर वोनिङ ५ रनमा अविजित रहे । सिल्भर र इसाबेलले अन्तिम बलमा २ रन जोड्न सफल हुँदा जारी सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डमाथि जित सुनिश्चित गर्न सफल भयो ।

थाइल्याण्डका लागि थिपाचा पुथ्थावोंगले ४ विकेट लिइन् । ओनिचा कामचोम्फुले ३ र फन्निता मायाले ३ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले पूरै २० ओभर खेलेर ५ विकेटको क्षतिमा १०९ रन बनाएको हो ।

थाइल्याण्डका लागि नत्तकन चन्थम ३६ रनमा अविजित रहिन् । चानिदा सुतीरुआंगले ३२ रन तथा नारुएमोल चाइवाईले १५ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले ३ विकेट लिइन्। हेदर सीगर्सले भने २ विकेट लिइन् ।

अब, शुक्रबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register