भारतको सहयोगमा धादिङको कुरीमा स्वास्थ्यचौकी-वर्थिङ्ग सेन्टर भवन बन्दै

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ । संविधान सभा सदस्य दिलमान पाख्रिन, धादिङ जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको आर्थिक सहयोगमा २ करोड ५१ लाख रुपैयाँ […]

Feb 7, 2025 - 12:12
 0
भारतको सहयोगमा धादिङको कुरीमा स्वास्थ्यचौकी-वर्थिङ्ग सेन्टर भवन बन्दै

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ ।

संविधान सभा सदस्य दिलमान पाख्रिन, धादिङ जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको आर्थिक सहयोगमा २ करोड ५१ लाख रुपैयाँ लागतमा स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण गर्न लागिएको हो ।

अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा पनि प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register