नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, इपिएस कति ? 

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९.४५ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ […]

Feb 9, 2025 - 02:09
 0
नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, इपिएस कति ? 

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९.४५ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क १२.२६ प्रतिशत बढेको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशतले बढेको छ भने कम्पनीको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल खर्च १५.१० प्रतिशतले बढेको छ  । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको इपिएस ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ ।

हाल चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register