आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दियाको राजापुर नगरपालिका-७ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुरको सूर्यविनायक […]

Feb 10, 2025 - 07:30
 0
आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दियाको राजापुर नगरपालिका-७ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।
श्रेष्ठले सिंगापुर पठाउने भन्दै तीन जनाबाट सात लाख, पौडेलले क्रोएसिया पठाउने भन्दै दुई जनाबाट ६ लाख र राईले युके पठाउने भन्दै पाँच जनाबाट २७ लाख ९० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
आकर्षक तलब हुने प्रलोभनमा पारेर उनीहरुले पीडितबाट रकम ठगी गरेका थिए । पीडितहरुले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register