छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चले आदेश दिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो । जोशीलाई रुपन्देही अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको सोमबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन […]

Feb 12, 2025 - 08:58
 0
छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चले आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

जोशीलाई रुपन्देही अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको सोमबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आफूलाई थुनामा पठाउने जिल्लाको आदेश बदर गर्न माग गर्दै जोशीले उच्च अदालतमा निवेदन दिएका थिए । जोशीका तर्फबाट छोरा रोचकले दायर गरेको निवेदनमा जिल्लाको आदेश बदर गरी आफूलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।

सुप्रिम सहकारीकै मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register