नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा ! 

काठमाडौँ । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा परेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो वर्ष (२०८२ साल) ८८ दिन सार्वजनिक बिदा हुने भएको हो । जसमध्ये यो वर्ष ५२ दिन शनिबार र ३६ दिन विभिन्न चाडपर्व र दिवसको बिदा रहेको सूचनामा उल्लेख छ ।  राजपत्रमा प्रकाशित सूचना अनुसार दशैँमा सात […]

Apr 14, 2025 - 05:07
 0
नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा ! 

काठमाडौँ । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा परेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो वर्ष (२०८२ साल) ८८ दिन सार्वजनिक बिदा हुने भएको हो ।

जसमध्ये यो वर्ष ५२ दिन शनिबार र ३६ दिन विभिन्न चाडपर्व र दिवसको बिदा रहेको सूचनामा उल्लेख छ । 

राजपत्रमा प्रकाशित सूचना अनुसार दशैँमा सात दिन र तिहारमा पाँच दिन बिदा गरी अन्य विभिन्न पर्वहरुमा कुल २८ दिन सार्वजनिक बिदा हुनेछ । त्यसबाहेक अन्तराष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तराष्ट्रिय महिला दिवस गरी ६ दिन सार्वजनिक बिदा हुनेछ  ।

त्यस्तै, भूगोलका आधारमा मनाइने विशेष चाडपर्वका अवसरमा स्थानीय पालिकाहरुले बिदा दिन पाउनेछन् । त्यसबाहेक विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले दिन सक्नेछन् । ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register