शङ्खरापुर स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो
काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । एनएमसी अस्पतालमा एक, शङ्खरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरे । चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि नगरकोट गएको […]

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
एनएमसी अस्पतालमा एक, शङ्खरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरे ।
चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि नगरकोट गएको बा २ ख ७९५८ नम्बरको बस फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा, ३ जनाको शङ्खरापुर अस्पतालमा, १० जनाको नेपाल मेडिकल कलेज र ३ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
What's Your Reaction?






