पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

काठमाडौं। उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा अविजित रहँदै ब्ल्याक बुल्सले उपाधि जित्यो । प्रतियोगितामा ब्ल्याक बुल्सको यो पहिलो सहभागीता हो । ब्ल्याक बुल्सका लागि जोखोन्गिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ […]

Feb 15, 2025 - 11:12
 0
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

काठमाडौं। उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
प्रतियोगितामा अविजित रहँदै ब्ल्याक बुल्सले उपाधि जित्यो । प्रतियोगितामा ब्ल्याक बुल्सको यो पहिलो सहभागीता हो ।

ब्ल्याक बुल्सका लागि जोखोन्गिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ र साभकात्जोन सातोरोभले गोल गरे ।

खेलको ४० औं मिनेटमा जोखोन्गिरले, ५८ औं मिनेटमा असिलबेक र ६६ औं मिनेटमा साभाकात्जोनले गोल गरे । ब्ल्याक बुल्सले ७७ औँ मिनेटमा आत्मघाती गोल गर्दा पुलिसले १ गोल पाएको थियो ।

यससँगै अविजित रहँदै ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको उपाधि जित्ने दोस्रो विदेशी टोली बनेको छ । यसअघि, अफ्रिकन युनाइटेड्सले जितेको छ ।

पुलिस भने उपविजेतामा नै सिमित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register