विद्यालय शिक्षा र सङ्घीय निजामति विधेयक प्राथमिकताका साथ अघि बढाइने

काठमाडौं। सत्तापक्षका सेचतकहरूले संसद्मा विचाराधीन विधेयकलाई तीव्रताका साथ अघि बढाउने सहमति गरेका छन् । संसद्को जारी अधिवेशन विधेयक अधिवेशन रहेकाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा दुवै सदनमा विचाराधीन विधेयकलाई तीव्रताका साथ अघि बढाउन उनीहरू सहमत भएका हुन् । आइतबार प्रतिनिधिसभा तथा राष्ट्रिय सभा दुवै सदनका सत्तापक्षका सचेतकको बैठकमा सदनमा विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउने सहमति भएको काङ्ग्रेसका प्रमुख […]

Feb 16, 2025 - 06:51
 0
विद्यालय शिक्षा र सङ्घीय निजामति विधेयक प्राथमिकताका साथ अघि बढाइने

काठमाडौं। सत्तापक्षका सेचतकहरूले संसद्मा विचाराधीन विधेयकलाई तीव्रताका साथ अघि बढाउने सहमति गरेका छन् ।

संसद्को जारी अधिवेशन विधेयक अधिवेशन रहेकाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा दुवै सदनमा विचाराधीन विधेयकलाई तीव्रताका साथ अघि बढाउन उनीहरू सहमत भएका हुन् ।

आइतबार प्रतिनिधिसभा तथा राष्ट्रिय सभा दुवै सदनका सत्तापक्षका सचेतकको बैठकमा सदनमा विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउने सहमति भएको काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

‘संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तथा निजामती सेवा गठन विधेयकलाई प्राथामिकताका साथ अघि बढाउने र अन्य कानुन निर्माण पनि तीव्रताका साथ अघि बढाउनुपर्ने निष्कर्षमा हामी पुगेका छौँ,’ उनले भने ।

यस्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को प्रभावकारिता बढाउने विषयमा छलफल भएको बताए । ‘संसद्को प्रमुख काम नै कानुन निर्माण गर्ने हो । हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्‍याउँदै संसद्को प्रभावकारिता बढाउने सहमति भएको छ,’ उनले भने ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register