रुपन्देही र दाङमा बालिका बलात्कारका छुट्टाछुट्टै घटना : तीनजना पक्राउ

काठमाडौं । रुपन्देही र दाङमा बालिका बलात्कारका छुट्टाछुट्टै घटनामा तीनजना पक्राउ परेका छन् । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अजय र गोविन्दले ती […]

Feb 14, 2025 - 07:33
 0
रुपन्देही र दाङमा बालिका बलात्कारका छुट्टाछुट्टै घटना : तीनजना पक्राउ

काठमाडौं । रुपन्देही र दाङमा बालिका बलात्कारका छुट्टाछुट्टै घटनामा तीनजना पक्राउ परेका छन् ।

रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मङ्गलबार राति जबरजस्ती करणी गरेको उजरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तै दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको हो ।

ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

सोही आधारमा उनलाई प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया भइरहेको दाङ प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register