सुनको मूल्यमा भारी गिरावट, तोलामै दुई हजार सात सयले घट्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी […]

Feb 16, 2025 - 06:54
 0
सुनको मूल्यमा भारी गिरावट, तोलामै दुई हजार सात सयले घट्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register