१४४ वर्षपछि लागेको महाकुम्भ मेलामा दर्शनार्थीको भिड (तस्विरहरु)

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा यतिबेला महाकुम्भमेला चलिरहेको छ । १४४ वर्षपछि लागेको यस महाकुम्भमेलामा महास्नानका लागि देश तथा विदेशबाट दैनिक लाखौंको सङ्ख्यामा तीर्थालुहरू पुगेका छन् । हालसम्मको तथ्यांकअनुसार प्रयागराजको त्रिवेणी सङ्गममा ५० करोड भन्दा बढी तीर्थालुहरूले पवित्र स्नान गरिसकेका छन् । साथै, मेलामा साधुसन्त, तपस्वीहरू तथा अन्य धर्मावलम्बीहरूको उपस्थिति रहेको छ । महाकुम्भमेला […]

Feb 16, 2025 - 11:03
 0
१४४ वर्षपछि लागेको महाकुम्भ मेलामा दर्शनार्थीको भिड (तस्विरहरु)

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा यतिबेला महाकुम्भमेला चलिरहेको छ । १४४ वर्षपछि लागेको यस महाकुम्भमेलामा महास्नानका लागि देश तथा विदेशबाट दैनिक लाखौंको सङ्ख्यामा तीर्थालुहरू पुगेका छन् ।

हालसम्मको तथ्यांकअनुसार प्रयागराजको त्रिवेणी सङ्गममा ५० करोड भन्दा बढी तीर्थालुहरूले पवित्र स्नान गरिसकेका छन् । साथै, मेलामा साधुसन्त, तपस्वीहरू तथा अन्य धर्मावलम्बीहरूको उपस्थिति रहेको छ ।

महाकुम्भमेला विश्वकै सबैभन्दा ठूलो मेला भएकाले पनि त्यहाँ भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मेलामा व्यापारीहरूले पूजाका सामाग्रीहरू, लत्ता कपडा, खेलकुदका सामाग्रीहरू तथा खानेकुराको पनि ठेला राखेर व्यापार गर्दै आइरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register