राम्रो तयारी, मनोबल उच्च : अञ्जिला तुम्बाप्पो सुब्बा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगीताका लागि सहभागी सबै टोली तयार भएको बताएका छन् । आइतबार दशरथ रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टोलीका प्रशिक्षक र कप्तानहरूले आफू तयार भएको जानकारी गराएका हुन् । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेल खेल्न टोलीको तयारी राम्रो भएको र विदेशमा रहेका सबै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए […]

Feb 16, 2025 - 11:12
 0
राम्रो तयारी, मनोबल उच्च : अञ्जिला तुम्बाप्पो सुब्बा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगीताका लागि सहभागी सबै टोली तयार भएको बताएका छन् ।

आइतबार दशरथ रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टोलीका प्रशिक्षक र कप्तानहरूले आफू तयार भएको जानकारी गराएका हुन् ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेल खेल्न टोलीको तयारी राम्रो भएको र विदेशमा रहेका सबै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए ।

प्रशिक्षक तामाङले नेपाली टोलीको प्रशिक्षण राम्रो रहेको र नजिता आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरेका छन्। यस्ता खेलहरू हरेक वर्ष हुन सके महिला फुटबल राम्रो हुने उनको भनाइ छ ।

त्यस्तै नेपाली महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताइन् । खेलका लागि तयारी राम्रो रहेको र मनोबल उच्च रहेको भन्दै उनले राम्रो खेल देखाउने बताइन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा सोमबार फाल्गुन ५ गते देखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

नेपालमा पहिलो पटक चार राष्ट्र सम्मीलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको एन्फाले जनाएको छ । नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा  हुनेछन् । शीर्ष दुई टोलीबिच फाइनल खेल हुने एन्फाले जनाएको छ ।

प्रतियोगीताको टिकट दर साधारणतर्फ ५ सय रुपैयाँ र भीआइपीतर्फ एक हजार तोकिएको छ ।

(तस्वीरः सरोज बस्नेत)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register