अर्थमन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली बर्न अस्पतालमा

काठमाडौं ।  अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेलगत्तै शनिबार पोखरामा बेलुन विस्फोटबाट घाइते भएका उनीहरुको स्वास्थ्य अवस्था बुझ्न  कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ । पौडेल र आचार्यको अवस्था सामान्य रहेको […]

Feb 16, 2025 - 12:54
 0
अर्थमन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न प्रधानमन्त्री ओली बर्न अस्पतालमा

काठमाडौं ।  अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेलगत्तै शनिबार पोखरामा बेलुन विस्फोटबाट घाइते भएका उनीहरुको स्वास्थ्य अवस्था बुझ्न  कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

पौडेल र आचार्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमण हुनसक्ने खतरालाई ध्यानमा राखेर भेटघाट बन्द गरिरहेको छ ।

यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register