मदार मेलाकाे तयारी पूरा,  दर्शनार्थी मजार स्थान तर्फ लाग्दै

नवलपरासी।  पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी ६ मजार स्थानमा लाग्ने मदारबाबा मेलाकाे तयारी पूरा भएकाे छ । मेलालाई सुव्यवस्थित गर्न बिनयी त्रिवेणी गाउँ पालिकाले  मेला ब्यवस्थापन समिती बनाई काम अघि बढेको पालिका प्रमुख घनश्याम गिरीले बताए । मेला व्यवस्थापन समिति बनेसंगै मदार बाबा मजार संरक्षण संस्थाका अध्यक्ष एकवाल अन्सारीका अनुसार मदार बाबाकाे गद्दी स्थलकाे सरसफाइ,दर्शनार्थी रहने […]

Feb 16, 2025 - 15:35
 0
मदार मेलाकाे तयारी पूरा,  दर्शनार्थी मजार स्थान तर्फ लाग्दै

नवलपरासी। 

पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी ६ मजार स्थानमा लाग्ने मदारबाबा मेलाकाे तयारी पूरा भएकाे छ । मेलालाई सुव्यवस्थित गर्न बिनयी त्रिवेणी गाउँ पालिकाले  मेला ब्यवस्थापन समिती बनाई काम अघि बढेको पालिका प्रमुख घनश्याम गिरीले बताए ।

मेला व्यवस्थापन समिति बनेसंगै मदार बाबा मजार संरक्षण संस्थाका अध्यक्ष एकवाल अन्सारीका अनुसार मदार बाबाकाे गद्दी स्थलकाे सरसफाइ,दर्शनार्थी रहने ठाउँ, पिउनेपानी,संचार उपकरण जडान लगायत आवश्यक  व्यवस्था मिलाउने काम सकिएको छ ।

नेपाल भारत लगायत अन्य तेस्रो मुलुकका समेत लाखाैंकाे संख्यामा श्रद्धालु पुग्ने मदारबाबा मेला विनयी त्रिवेणी  ६ र सुस्ता गाउँपालिका २ महलबारी मस्जिदबाट सुरु हुने गर्दछ ।श्रद्धालुहरू  महलबारीबाट झण्डै ४ घण्टा लामाे पहाडी उकालो हिँडेर मजार स्थान पुगी आँफुले गरेका भाकल र मनाेकाञ्क्षा पुरा गर्न यहाँ गद्दीनसिन बाबासंग दुवा लिने प्रचलन रहेकाे अध्यक्ष अन्सारी बताउँछन् ।

हरेक वर्षकाे फागुन पहिलाे साताबाट सुरु हुने मदार मेला १ हप्ता सम्म लाग्ने र मेलामा बालक,वृद्ध,महिला पुरुष तथा नव विवाहित जाेडीहरू बाबियाे र रूख पातका लहरा समाउदै कठिन यात्रा गरेर मदार स्थान पुग्ने गर्दछन् ।

मदारबाबा, मजार संरक्षण  स्थलका लागि  बाबाकाे चयन

मदार स्थान मजार संरक्षण संस्थाका पूर्व अध्यक्ष जमालुद्दिन अन्सारीका अनुसार गद्दी चढ्ने बाबाकाे खाेजीमा संस्था लागि रहदा मेला व्यवस्थापनमा केही ढिलाइ भए पनि साेमबार डफाली समूहले डंका बजाएर  बाबालाई मजार प्रस्थान गराउनेछन् । यस अघि हरि मिया मजार स्थल गद्दि बस्दै आए पनि विगत केही समय देखि उनी सम्पर्क विहीन रहेकोले अर्का माैलाना बाबालाई मदार स्थान प्रस्थान गराउन लागिएको अन्सारीले बताए ।

यस वर्ष सुरु भएकाे मेलासँगै पश्चिम नवलपरासी पाल्हिनन्दन २ हरपुरका अमिरूल्लहा जाेलाहा नयाँ बाबाका रूपमा मदार स्थान पुग्ने भएकाछन् ।
अमिरूल्लहा यस अघि पश्चिम कुतबुल दरगाह कमिटीका गद्दीनसिन बाबा हुन् उनलाई यस अघि पनि मजार चलाई सकेकाे अनुभव छ । बाबा अमिरूल्लाह मदार स्थल स्थित मजार गद्दी चढेसंगै यस वर्षकाे मदार मेला उर्स सुरूहुने बताइन्छ ।

मेला अवधि भर मादक पदार्थ निशेध

मदारबाबा मजार मेलमा श्रद्धालु एवं दर्शनार्थी माँझ कुनै अशान्ति असुरक्षा नहाेस भनी जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले मादक पदार्थको बिक्री बितरण निशेध गरेकाे छ ।

प्रशासनले मेला अवधि भर उक्त क्षेत्रमा मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन,ओसार पसार तथा सेवन नगर्न र जुवातास जन्य कुनै पनि गतिविधि हुन नदिन सूचना जारी गरेकाे छ ।

यसै सम्बन्धमा नवलपरासी पूर्व र पश्चिम दुबै जिल्ला अधिकारी तथा सुरक्षा अंगका प्रमुखहरूकाे बैठक राखी मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन संयुक्त गस्ती गर्ने याेजना बनाइएको   नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए ।

बताइए अनुसार मदारबाबाकाे शक्ति स्थल मजार नवलपरासी पूर्व दाउन्ने डाडाकाे चुरे सृङ्खलामा पर्ने र मजार संरक्षण स्थल पश्चिम र पूर्वी नवलपरासीकाे सिमानामा पर्ने हुदा श्रद्धालु एवं दर्शनार्थीहरू पहाडकाे प्रस्थान बिन्दु र पहाडबाट फर्के पछि रहने बस्ने हुँदा महलबारी क्षेत्रमा ठूलाे मेला लाग्ने र मानिसहरूकाे निक्कै भीड लाग्ने गर्दछ ।

मदारबाबा मेला धार्मिक सहिष्णुताको प्रतीक

परापूर्व कालमा इस्लाम धर्म गुरु मदारबाबा मदार स्थानमा आई अघोर तपस्या गरेकाे र त्यही उनले शक्ति प्राप्त गरी मानिसहरूलाई दुवा दिने गरेकाेले त्यहाँ सबै धर्मका मानिस पुग्ने र बाबाबाट शिर थप्पथपाएर आशिर्वाद लिने हुँदा यस मेलालाई धार्मिक सहिष्णुताको प्रतिकका रूपमा पनि लिइँदै आएकाे बताइन्छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register