पासा पुचः गुथि साउथ इष्ट लन्डनमा नयाँ कमिटी, अध्यक्ष चुनिए सुरोज मास्के

लन्डन- पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाले नयाँ नेतृत्व पाएको छ। आइतबार गोर्खा क्याप्रिकन प्लमस्टिडमा सम्पन्न शाखाको एघारौं अधिवेशनले सुरोज मास्केको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको हो। अध्यक्ष निर्वाचित मास्के शाखामा यसअघिका उपाध्यक्ष हुन्। लन्डनस्थित एक सफल व्यवसायी उनी एनआरएनए यूके सचिव, आइसीसी सदस्यलगायतका जिम्मेवारी सम्हालिसकेका एनआरएनए अभियन्ता हुन्। दुई वर्षे कार्यकाललाई निर्वाचित […]

Feb 16, 2025 - 18:05
 0
पासा पुचः गुथि साउथ इष्ट लन्डनमा नयाँ कमिटी, अध्यक्ष चुनिए सुरोज मास्के


लन्डन- पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाले नयाँ नेतृत्व पाएको छ।

आइतबार गोर्खा क्याप्रिकन प्लमस्टिडमा सम्पन्न शाखाको एघारौं अधिवेशनले सुरोज मास्केको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

अध्यक्ष निर्वाचित मास्के शाखामा यसअघिका उपाध्यक्ष हुन्। लन्डनस्थित एक सफल व्यवसायी उनी एनआरएनए यूके सचिव, आइसीसी सदस्यलगायतका जिम्मेवारी सम्हालिसकेका एनआरएनए अभियन्ता हुन्।

दुई वर्षे कार्यकाललाई निर्वाचित २१ सदस्यीय कार्यसमितिको तीन उपाध्यक्षमा सत्यप्रसाद प्रजापति, सोनी श्रेष्ठ र भगवान श्रेष्ठ, महासचिवमा इश्वर महर्जन र कोषाध्यक्षमा जुनु कोजु श्रेष्ठ छन् । सांस्कृतिक सचिव कृष्ण वैद्य, आइटी संयोजक समेन महर्जन, स्वास्थ्य संयोजक भिमलक्ष्मी शाक्य, मिडिया संयोजक शिवराम श्रेष्ठ, इभेन्ट सहसंयोजक महेन्द्र शाक्य, सचिव अञ्जु सुवाल, सहकोषाध्यक्ष गीता श्रेष्ठ र सहसचिव सुरज माकजु निर्वाचित भएका छन्।

त्यसैगरी, रामबाबु मास्के, रामलाल श्रेष्ठ, आशिष श्रेष्ठ, विनोद श्रेष्ठ,राजकुमार श्रेष्ठ, मेरिना बज्राचार्य र सुजित प्रजापति कार्यसमिति सदस्यमा चुनिएका छन्।

निर्वाचन समितिका संयोजक एवं शाखाका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठले नेपालीमा र पासा पुचः गुथि यूकेका अध्यक्ष सुशिल प्रजापतिले नेवारी भाषामा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए । समितिका सदस्यसचिव सचिन श्रेष्ठले सर्वसम्मत निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए।शपथपछि नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सगुन खुवाएर शुभकामना दिइएको थियो।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक चुत्रबहादुर श्रेष्ठ, सदस्यसचिव सचिन श्रेष्ठ, सदस्य दीपक श्रेष्ठ, पासा पुचः गुथि यूकेका अध्यक्ष सुशिल प्रजापति, शाखाका संरक्षक एवम् पूर्व अध्यक्ष मनिषकुमार श्रेष्ठ, पत्रकार ध्रुवराज अर्याल, पशुपतिनाथ मन्दिरका पण्डित आनन्द लोहनी, शाखा सल्लाहकार मदन श्रेष्ठलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

निवर्तमान कार्यसमितिका अध्यक्ष माधवलाल श्रेष्ठले अध्यक्ष मास्केसहित नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आफ्नो तर्फबाट पूर्ण सहयोग र सहकार्यको प्रतिवद्धता गरे।

शाखालाई दुई कार्यकाल सफल नेतृत्व प्रदान गरी बिदा भएका श्रेष्ठले विगत चार वर्षमा आफूलाई साथ, सहयोग दिने कार्यसमितिका पदाधिकारी, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुसहित शाखाका सबै सदस्यहरुलाई विशेष धन्यवाद दिए।

नवनिर्वाचित अध्यक्ष मास्केले आफूलाई विश्वास गरी नेतृत्वको अवसर दिएकोमा आभार व्यक्त गरे। उनले आफ्नो कार्यकालको पहिलो वर्षभित्रै नेवा ट्रष्ट स्थापना गरी संस्थाको भवन खरिद गर्ने कामलाई टुंगोमा पुर्र्याउने अठोट व्यक्त गरे।

संस्थाले गर्दै आएको कला, संस्कृति प्रवर्द्धन अभियानलाई निरन्तरता दिने, सदस्यता बिस्तार गर्नेलगायतका काम अघि बढाउने प्रतिवद्धता पनि उनले जनाए।

यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा संस्थाको विगतबारे समिक्षा गर्दै भावी कार्ययोजनाबारे छलफल गरिएको थियो ।

सो अवसरमा महासचिव नगेन्द्र श्रेष्ठ र कोषाध्यक्ष सोनी श्रेष्ठबाट प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि पासा पुचः गुथि यूकेका बोर्ड अफ ट्रस्टी अध्यक्ष सुशिल प्रजापति, शाखाका संरक्षक एवम् पूर्व अध्यक्ष मनिषकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए। शाखाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले नेपालबाट भर्चुअल सम्बोधन गर्दै शुभकामना दिएका थिए।

सो अवसरमा विगत १२ वर्षसम्म महासचिवका रुपमा शाखालाई निरन्तर योगदान गरेका नगेन्द्र श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो।
निवर्तमान अध्यक्ष श्रेष्ठले आफू नेतृत्वको कार्यसमितिका सबै पदाधिकारीलाई खादा ओढाएर धन्यवाद ज्ञापन गरेका थिए।

सन् २००० मा स्थापित पासा पुचः गुथि यूकेको शाखाका रुपमा सन् २००४ मा स्थापित साउथ इष्ट लन्डन शाखा बेलायतमा नेवारी कला, संस्कृति, भाषाको प्रवर्द्धनमा सक्रिय छ।

बेलायतमै हुर्किएका बालबालिकालाई मौलिक नेवारी भाषा, बाजा, संगीत र नृत्य सिकाउन कक्षा सञ्चालन गर्दै आएको शाखाले बेलायतमै पहिलोपटक बिस्काजात्रा मनाउनेदेखि योमरी पुन्हीमा योमरी बनाउने र खाने प्रतियोगिता, नेवाः भ्वयः (भोज), म्हःपूजासहितका विविध कार्यक्रम गर्दै आएको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register