भारतको केआईआईटीमा मृत भेटिएकी नेपाली चेली प्रकृति लम्सालको शव अन्त्येष्टि गरियो

झापा, ८ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शङ्कास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार राती नै गरिएको छ । उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम विदाई गरिएको हो । मध्यरात्रीमै अन्त्येष्टि गरिए पनि उनको अन्त्येष्टिमा सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो । भारतबाट गोरखपुर हुँदै करिब ९ बजे नै [...] The post भारतको केआईआईटीमा मृत भेटिएकी नेपाली चेली प्रकृति लम्सालको शव अन्त्येष्टि गरियो appeared first on Jhapa Online.

Feb 20, 2025 - 02:48
 0
भारतको केआईआईटीमा मृत भेटिएकी नेपाली चेली प्रकृति लम्सालको शव अन्त्येष्टि गरियो

झापा, ८ फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शङ्कास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार राती नै गरिएको छ ।

उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा अन्तिम विदाई गरिएको हो । मध्यरात्रीमै अन्त्येष्टि गरिए पनि उनको अन्त्येष्टिमा सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो । भारतबाट गोरखपुर हुँदै करिब ९ बजे नै प्रकृतिको पार्थिव शरीर भैरहवा आई पुगेको थियो । उनको बुवा लगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो ।

करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धाञ्जली दिई १२ बजे पछि मात्र बाहिर निकालिएको थियो । शवयात्रामा आफन्त सँगै उनलाई अन्तिम श्रद्धाञ्जली दिन कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत् उनका सहपाठीहरूको पनि उपस्थिति रहेको थियो । शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याएर उनको अन्त्येष्टि गरिएको थियो । प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए ।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शङ्कास्पद रुपमा मृत्यु भएको थियो । उनको शव भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

The post भारतको केआईआईटीमा मृत भेटिएकी नेपाली चेली प्रकृति लम्सालको शव अन्त्येष्टि गरियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register