काभ्रेमा जन्ती पुर्याएर फर्किएको बस दुर्घटना : एक जनाको मृत्यु, चालक ‘गम्भीर’ घाइते
काभ्रेपलाञ्चोक । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा बिहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण […]

काभ्रेपलाञ्चोक । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा बिहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
What's Your Reaction?






